Mero Chitwan
नेपालमा एमसीसी अन्तर्गतका सबै परियोजना स्थगित

काठमाडौं । नेपालको विद्युत र सडक क्षेत्रमा काम गरिरहेको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन-एमसीसी अन्तर्गतका परियोजनाहरुको भुक्तानी रोकिएको छ ।

अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी अन्तर्गतका परियोजनाहरुको भुक्तानी रोकिएको जानकारी दिएको हो । नेपाल सरकार र एमसीसी कम्याक्टबीच २०७४ भदौ २९ मा एमसीसीबीच सम्झौता भएको थियो ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले जनवरी २० मा जारी गरेको कार्यकारी आदेशसँगै भुक्तानी रोकिएको हो । एमसीसीले अर्थमन्त्रालयलाई भुक्तानी रोकिएको जानकारी गराएको छ । एमसीसी अन्तर्गत करिब एक खर्ब बराबरका आयोजना स‌ञ्चालनमा थिए । एमसीसीले विद्युत प्रसारण लाइन र सडक पूर्वाधारमा काम गरिरहेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update