काठमाडौं । इलोन मस्क नेतृत्वको अमेरिकाको सरकारी दक्षता विभाग (डज)ले 'आर्थिक संघीयता र जैविक विविधता संरक्षण' शीर्षकको परियोजना अन्तर्गत नेपाललाई दिइने भनिएको तीन करोड नब्बे लाख अमेरिकी डलरको अनुदान रद्द गरेको छ ।
डजले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आर्थिक संघीयता शीर्षक अन्तर्गत दुई करोड डलर र जैविक विविधता संरक्षण शीर्षक अन्तर्गत एक करोड ९० लाख डलर अनुदान रद्द गरिएको घोषणा गरेको हो ।
यो अनुदान रकम तत्कालीन बाइडन प्रशासनले स्वीकृत गरेको बताइएको छ । डजद्वारा एक्स मार्फत् जारी गरिएको सूचनामा अमेरिकी करदाताले दिएको रकम खर्च गर्न लागिएका परियोजनाहरू रद्द गरिएको जनाइएको छ । डजले नेपालको मात्र नभई भारत, बंगलादेश, श्रीलंका, माली, दक्षिण अफ्रिका लगायतका थुप्रै देशलाई दिने भनिएको कुल ७२ करोड १५ लाख अमेरिकी डलर अनुदान रद्द गरेको हो ।
डजले भारतमा निर्वाचनमा मतदाताको उपस्थिति वृद्धि ‘भोटर टर्नआउट’ का लागि दिन निर्धारित गरिएको दुई करोड १० लाख डलर र बंगलादेशमा राजनीतिक परिदृश्य सुदृढीकरणका लागि दिने भनिएको दुई करोड ९० लाख डलर अनुदान पनि रद्द गरेको छ । स्मरणीय छ, बंगलादेशमा गत अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने गरी भएको राजनीतिक परिवर्तनमा अमेरिकाको हात रहेको आरोप लगाइने गरिएको छ ।
यता भारतको सत्तारुढ दल बीजेपीले मतदाताको उपस्थितिका नाममा भारतमा लगानी गर्न लागिएको र हाल रद्द गरिएको उक्त परियोजनालाई भारतको निर्वाचन प्रक्रियामा बाह्य हस्तक्षेप भन्दै आलोचना गरेको छ ।
सरकारी दक्षता वृद्धि र करदाताले तिरेको डलर प्रश्नयोग्य वा शंकास्पद वैदेशिक राजनीतिक गतिविधिमा खर्च नहोस् भन्ने सुनिश्चित गर्न यो अनुदान रकम रद्द गरिएको डजले जनाएको छ । संघीय खर्च कटौती तथा