Mero Chitwan
खोटाङको हलेसीमा भीषण आगलागी, तीन होटल  जले

चितवन- खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आज साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको हो ।

स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगो नियन्त्रणबाहिर रहेको वडाध्यक्ष कमल गिरीले जनाएका छन् । आगालागीबाट तीन वटा होटल र एउटा लघुवित्तमा क्षति पुगिसकेको बताइएको छ भने आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीय पदम राई र आइराख राईका घर जलिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update