चितवन: रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो ।
‘महोत्सवको टिकट लिएर उपचार गराउन आउँदा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं, यसले जो कोहीलाई पनि अस्पतालमा छुटसहितको उपचार पाउन सहज हुनेछ’–सिएमसीका सूचना अधिकारी पारस अधिकारीले भने ।
उनका अनुसार महोत्सवको टिकटको मान्यता एक महिनासम्मको रहने छ । अस्पतालमा सामान्य उपचारदेखि शल्यक्रिया गराउँदा पनि यो छुट पाउने अधिकारीले बताए । पछिल्लो समय चितवन मेडिकल कलेजमा सामान्य उपचारदेखि क्यान्सर रोगको समेत उपचार हुँदै आइरहेको छ । रत्ननगर महोत्सव पुस २६ देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुँदैछ ।