Mero Chitwan
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री र पोखराका मेयरको बर्न अस्पतालमा उपचार हुँदै

पोखरा । पोखरा पर्यटन वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।

पर्यटन वर्ष उद्घाटनका क्रममा बेलुन पड्कँदा महानगर प्रमुख आचार्यको बायाँ गालामा र अर्थमन्त्री पौडेलको दायाँ हात र गर्धनका केही भाग जलेको छ । घटनालगत्तै आचार्यलाई गैरापाटनस्थित फिस्टेल अस्पताल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो । पोखरामा सामान्य उपचारपछि उहाँहरु दुवैलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याईएको छ । 

pokhara-1739637904.jpg
 

पोखरा भ्रमण बर्षको औपचारिक उद्घाटन गर्न अर्थमन्त्रीसहित पर्यटनमन्त्री समेत कार्यक्रममा पुग्नुभएको थियो । स्वीच थिचेर पानसमा बत्ती बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किपछि अर्थमन्त्री र पोखरा महानगर प्रमुख घाइते हुनुभएको हो ।

कार्यक्रममा पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ । सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष घोषणा गर्न लागेको हो ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update