Mero Chitwan
भरतपुर अस्पतालले सञ्चालनमा ल्यायो बिरामीका लागि नि:शुल्क सटल बस, यस्तो छ रुट

चितवन : भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि आजदेखि निःशुल्क सटल (छोटो दुरीमा चल्ने) बस सञ्चालन सुरु गरेको छ ।

हरेक दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म बस सञ्चालन गरिने अस्पतालले जनाएको छ । ३० जनाको क्षमता रहेको यस बसमा बिरामी र बिरामीका आफन्तले सेवा लिन सक्नेछन् । नेपालका अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई यो सुविधा थिएन, पहिलोपटक यो सुविधा दिइएको अस्पतालले जनाएको छ । 

अस्पतालको नर्सिङ् विभागमा चालु अवस्थामा रहेको बा १ ग ११७८ नम्बरको बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याइएको हो ।

बस भरतपुर अस्पतालबाट मालपोत चोक (बाइपास रोड), जिल्ला प्रशासन कार्यालय चोक, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशाल चोकदेखि बाइपास रोड हुँदै पुनः भरतपुर अस्पतालसम्म आइपुग्ने छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update