Mero Chitwan
चितवनमा बस दुर्घटना हुँदा २२ जना घाइते

चितवन - चितवनको भरतपुर महानगर २९ स्थित सेती दोभानमा आज बिहान बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्  ।

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ- मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो ।

बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

FB_IMG_1739063413149-1739063629.jpg
FB_IMG_1739062185664-1739063305.jpg
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update