Mero Chitwan
प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने

काठमाडौं :  प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने भएको छ। बैंकले यस सम्बन्धमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग समझदारी गरेको छ। बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघबीच प्रथम राष्ट्रिय डेरी एक्स्पोमा समझदारी भएको हो।

समझदारी पत्रमा बैंकका तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update