Mero Chitwan
माघ २७ देखि भरतपुरमा पहिलो राष्ट्रिय दूग्ध प्रदर्शनी २०८१ आयोजना हुने

चितवन : नेपालमा पहिलो राष्ट्रिय दुग्ध प्रदर्शनी २०८१ मा भरतपुरमा आयोजना हुने भएको छ । 

दूधको बजारीकरण र विविधीकरणलाई प्राथमिकता दिने उद्देश्यले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्ने कार्यक्रम छ। एक्स्पोको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले एक्सपोले दुग्ध क्षेत्रको बृहत् विकासको लागि साझा प्लेटफर्म प्रदान गर्ने र नयाँ प्रविधि र नवप्रवर्तन, बजार विस्तार र ब्रान्ड प्रवर्द्धनमा मद्दत गर्ने बताए।  एक्स्पोमामा दूध तथा दुग्ध उत्पादनसँग सम्बन्धित उपकरण, मेसिन, मेसिनरी आदि प्रदर्शन गरिने जनाइएको छ ।

‘हामीले दुग्ध उत्पादनमा नवीनतम प्रविधि परिचय गराउन र यस क्षेत्रलाई अझ व्यावसायिक बनाउन प्रदर्शनी आयोजना गर्न थालेका छौं, यसले किसान र व्यवसायीबीच ज्ञानको आदानप्रदानलाई बढावा दिनेछ।’ बगालेले भने । 

चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेलेले दूध उत्पादन क्षेत्रको बजार विविधीकरणमा सहयोग पुर्‍याउन डेरी एक्स्पो आयोजना गरिएको बताए । माघ २७ गतेदेखि आयोजना हुने एक्स्पोमा २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update