Mero Chitwan
राप्तीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन : गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय राजकुमार बिक रहेका छन् ।

राप्ती नगरपालिका-९को च्यातङ्ग्र खोला नजिकै गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

सूचना अधिकारी थापामगरका अनुसार बिक घाँस काट्न जंगल गएका थिए । उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update