काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी सरकारले नागरिक उड्डयनसँग सम्बन्धित दुई विधेयक संसद्मा दर्ता गरेको छ ।
हिजो संसद्मा पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ । नेपाल हवाई सेवा प्राधिकरणले विमानस्थल सेवा तथा एअर नेभिगेशन सेवालाई सुरक्षित, स्तरीय, प्रभावकारी र विश्वसनीय रूपमा विकास, सञ्चालन जिम्मा दिइँदै छ । त्यस्तै विमानस्थलको निर्माण, स्तरोन्नति, एअर ट्राफिकदेखि विमानस्थल संचालको स्रोत जुटाउने छ ।
अहिलेको नेपाल नागरिक उड्यन प्राधिकरणलाई नियमकीय बनाउने भनिएको छ । यसले वायु सेवा प्रदायक कम्पनीहरूको प्रमाणपत्र जारी गर्ने, नवीकरण गर्ने र त्यस्तो प्रमाणपत्रको खारेज गर्ने सक्नेसम्मको प्रस्ताव गरिएको छ । हवाई सुरक्षा प्रदान गर्ने संस्था, विमानस्थल संचालक, वायुसेवा संचालक तथा अन्य सेवा प्रदायकको सुरक्षा सुपरीपेक्षण गर्ने गराउने अधिकार दिइएको छ ।
नागरिक उड्डयन क्षेत्रमा काम गर्ने जनशक्तिको लागि आवश्यक योग्यता तोक्नेसम्मको अधिकार दिइएको छ ।