Mero Chitwan
क्यानले मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने जनाएको छ ।

क्यानले एक विज्ञप्ति जारी गर्दै मोन्टी देशाईको २ वर्षिय कार्यकाल समाप्त भएको जानकारी दिएको हो । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका लागि दिएको योगदान प्रति क्यानले देशाईलाई धन्यवाद प्रकट गरेको छ । 

‘देशाईको प्रशिक्षणमा नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएको प्रशिक्षक को योगदान प्रति नेपाल क्रिकेट संघ हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशाईको कार्यकालमा नेपाली राष्ट्रिय क्रिकेट टिमले १० वर्षपछि सन् २०२४ मा भएको टी-२० विश्वकपमा पुनरागमन गरेको थियो ।

monti-can-1738429161.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update