Mero Chitwan
कुम्भ मेलाबाट फर्किँदै गरेको जिप भारतको मुजफ्फरपुरमा दुर्घटना, पाँच नेपालीको मृत्यु

चितवन-भारत उत्तरप्रदेशको प्रयागराजस्थित कुम्भमेलाबाट फर्कँदै गरेको जिप मुजफ्फरपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा महोत्तरीका एकै परिवारका चार र चालकसहित पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कर्पियो जिप विपरीत दिशाबाट आउँदै गरेको मोटसाईकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा एकै परिवारका सदस्यहरु महोत्तरीको मनरासिस्वा-२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया ईन्दु देवी, ५५ वर्षीया मनतारण देवी र ३० वर्षीया अर्चना झा छन् । जिप चालकको भने नाम थर नखुलेको जनाइएको छ ।

दुर्घटनामा घाईते भएका ३० वर्षीय मनोहरकुमार झा , २५ वर्षीय कामनी झा, ७ वर्षीय श्रृष्टि झा र ५० वर्षीया जगतारण देवीको एसकेएमसिएच अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update