Mero Chitwan
६ दिनदेखि भरतपुर अस्पतालमा सेवा दिँदै गोविन्द केसी

चितवन-चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले ६ दिनदेखि भरतपुर अस्पतालमा रहेर बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छन् । 

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार डा. केसीले छ दिनदेखि बिरामीको स्वास्थ्य उपचार गरिरहेका छन् । ‘उहाँले ओपिडी र वार्डमा भर्ना भएका बिरामी हेरिरहनुभएको छ’, डा.पौडेलले भने ‘उहाँ बुधबारदेखि बिरामीको सेवामा लाग्नुभएको छ ।’

वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ रहेका डा.केसीले भरतपुर अस्पतालमा अझै एक साता रहने बताए । यहाँबाट आफुले सिक्ने र चिकित्सकलाई सिकाउने अवसर प्राप्त समेत भएको उनले बताए । आफ्नो ज्ञान सिप सदुपयोग गर्नका लागि विभिन्न जिल्लामा पुग्ने गरेको उनले बताए । उनले असल चिकित्सक बन्न समेत अन्य चिकित्सकलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update