चितवन : प्रेस सेन्टर चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । आईतबार सम्पन्न प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले अध्यक्ष आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समिति उपाध्यक्षमा नवीनबाबु मरहट्टा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा, सचिवमा सुरेन कुँवर, सहसचिवमा हिरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई, कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन्।
सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।केन्द्रीय प्रतिनिधिहरूमा सूर्य पाठक, अजिता अधिकारी, सुजिता हमाल, प्रकाश आचार्य, भुवन प्रसाद उप्रेती र उर्गेन तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्।