Mero Chitwan
मिटरब्याज पीडितहरुले  पुनः आन्दोलन सुरु गर्दै

चितवन- मिटरब्याज पीडितहरूले जनकपुरधामबाट जनजागरण अभियान सञ्चालन गर्दै पुनः आन्दोलन सुरु गर्ने भएका छन् ।

मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले माघ १४ देखि जनकपुरधामबाट जनजागरण अभियान सुरु गर्न लागेको हो । मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाले  मिटरब्याजविरुद्ध आन्दोलनको विस्तार गर्दै अभियानलाई अघि बढाइने बताए । 

मिटरब्याजविरूद्ध देशभरिमै ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितको मुद्दा समाधान नभएको मिटरब्याज पीडितहरुको गुनासो छ । 

मिटरब्याज पीडितहरूको मुद्दा राज्यको प्राथमिकतामा नपरेको र यही स्थिति रहे आन्दोलनको रूप परिवर्तन गर्ने कुशवाहाले बताए । सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषय कार्यान्वयन नहुँदा चौथो चरणको आन्दोलनको तयारी थालिएको पीडितहरूको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update