Mero Chitwan
हमासद्वारा थप चार बन्धक रिहा,  इजरायलद्वारा पनि दुई सय प्यालेस्टिनी बन्दीको रिहाई

गाजा सिटी- प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबार कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत चार इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।

बन्धकहरूलाई रेडक्रसलाई जिम्मा लगाइएको हो । इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।

आजै इजरायलले पनि २ सय बन्दी रिहा गरेको छ । गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् । 

 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update