Mero Chitwan
मध्यवर्ती क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व अध्ययन गर्न सरकारले बनायो विशेष समिति

चितवन : वनमन्त्री ऐनबहादुर शाही ठकुरीले मध्यवर्ती क्षेत्रहरुमा मानव र वन्यजन्तुन्द्व न्युनीकरणका लागि वन मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । 

शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारणसभामा बोल्दै उनले यो  समस्या समाधानका लागि अध्ययन गर्न सरकारले विशेष समिति समेत बनाएको बताए । 

उनले वर्तमान सरकार विविध समस्या समाधान गर्दै जनतालाई छिटो छरितो सेवा दिन केन्द्रित भएको समे बताए । 

कार्यक्रममा टिकौली मध्यबर्ती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धिसेन चौधरीले टिकौली वन भएर बग्ने खगेरी खोला सौराहाको पर्यटनको लाईफ ईन हुन सक्ने भएकाले यसको विकासका लागि ध्यान दिनुपर्ने धारणा राखे । उनले टिकौली वन क्षेत्रमा देखिएका समस्याहरु समेत समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update