Mero Chitwan
भरतपुर मेयर्स कप क्रिकेट : दोस्रो चरणका खेल सकिए, १० टिम तेस्रो चरणमा प्रवेश

चितवन-भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका दोस्रो चरणका खेल सकिएका छन् ।

बिहीबार स्टेप बाइ स्टेप इङलिस स्कुल र अर्बिट इङलिस स्कुलबीचको खेल सकिएसंगै दोस्रो चरणका खेल सकिएका हुन् । जसबाट १० टिम तेस्रो चरणमा प्रवेश गरेका छन् भने लक्ष्मी मावि लंकु उच्च नेटरनरेटको अधारमा सिधै लिग चरणमा छनोट भएको छ ।

दोस्रो चरणको अन्तिम खेलमा आज स्टेप बाइ स्टेपले अर्बिटलाई ४७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । स्टेप बाइ स्टेपले दिएको १२२ रनको लक्ष्य पछ्याएको अर्बिट ११.४ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो । उसका लागि परिवेश लामिछाने र करिव पुनले सर्वाधिक १२ रन बनाए ।

स्टेप बाइ स्टेपका सुजल आचार्यले ४ र आयोग्य पौडेलले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्टेप बाइ स्टेप १७ ओभरमा १२१ रन बनाउँदै अलआउट भयो । उसका लागि आषुतोस पौडेलले २६ र सुवास काफ्लेले १५ रन बनाए । अर्बिटका मुक्ति सापकोटाले ३ ओभरमा २२ रन खर्चिदै ५ विकेट लिए । उनी यसअघिको खेलमा ६ विकेट लिएका थिए । मुक्ति लगातार ५ विकेट लिने पहिलो बलर बने । राज तिमिल्सिनाले ३ विकेट लिए ।
स्टेप बाइ स्टेपका सुजल आचार्य प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा योसंगै ३२ खेल सम्पन्न भएका छन् । शनिबारदेखि तेस्रो तथा अन्तिम नकआउट चरणका खेल हुनेछ । जसबाट ४ टिम लिग चरणमा प्रवेश गर्नेछ । प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update