Mero Chitwan
राष्ट्रिय परिचयपत्र कार्यान्वयनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ-सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो । अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई राष्ट्रिय परिचयपत्र कार्यान्वयन अघि बढाउने बाटो खुलेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।

यसअघि २०८१ जेठ २४ को मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि पहिलो चरणमा २८ जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

तर फैसलाको लिखित आदेश आउन भने बाँकी छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update