Mero Chitwan
सैफ अलि खानमाथि मध्यरातमा चक्कु प्रहार, अवस्था खतराबाहिर

काठमाडौं- बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ । गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा उनीमाथि हमला भएको हो ।

खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा शल्यक्रियापछि उनको अवस्था खतराबाहिर रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्थाले खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको जनाएका छन् । त्यसमध्ये दुई घाउ गहिरो चोट भएको पनि उल्लेख छ ।

घटनापछि अभिनेता खानको टोलीले आधिकारिक बयानमा घरमा चोरी गर्ने कोसिस भएको र घरका अर्का एक कर्मचारी पनि घाइते भएको उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update