Mero Chitwan
उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास !

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि आक्रमणको प्रयास भएको छ ।

मन्त्री खड्कामाथि केही दिनअघि सिंहदरबारस्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो । बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफूमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताएका हुन् । 

केही दिन अगाडि मन्त्रालयबाट बाहिरिने क्रममा आफूमाथि आक्रमणको प्रयास भएको भन्दै मन्त्री खड्काले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।  ‘उहाँले जानकारी गराएपछि गृहमन्त्री रमेश लेखकले आफूलाई किन जानकारी नदिएको भन्दै प्रतिप्रश्न गरे । 

मन्त्री खड्काले आफूले घटनालाई सामान्य रुपमा लिँदै हातपातको प्रयास गर्ने व्यक्तिलाई छाड्न पनि भनिसकेको बताएका थिए ।  ती व्यक्ति छुटेको जानकारी समेत दिएका खड्काले आक्रमण प्रयास गर्ने व्यक्तिको पहिचान भने नखुलाएको बैठकमा सामेल एक नेताले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update