हेटौंडा : मकवानपुरमा कार र स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार आज दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किँएका थिए ।
दुर्घटनामा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र कारमा सवार चितवन राप्ति नगरपालिका वडा नबर–२ गड्यौली बस्ने ५० वर्षकी सुनिता श्रेष्ठको उपचारको क्रममा मृत्यु एको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।
कारमा सवार तीन र स्कार्पियोमा सवार ९ जना गम्भीर घाइते भएका प्रहरी प्रवक्ता अर्यालले बताए । घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।