दुम्किवासको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प, प्रहरीले दियो वैकल्पिक रुट
नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासको विनय खोलाको पुल भाँचिएको छ । भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरी ट्रकले ठक्कर दिएपछि पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी जेसी शाहले बताए ।
पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । जसले गर्दा सयौं सवारी जाममा परेका छन् । बुटवल नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्नेमा लामो समय जाममा पर्ने समस्या भोगिरहेका यात्रुले पुल भाँचिएपछि फेरि लामो समय जाममा पर्नुपर्ने अवस्था आएको छ ।
प्रहरीले यातायात सञ्चालनका लागि दुई वटा वैकल्पिक रुट सुझाएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ २२:२१
प्रतिक्रिया दिनुहोस्