तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, नेपालमा ठूलो धक्का महसुस
काठमाडौं- नेपाल-चीन सीमाना तिप्बतको दिंगे काउन्टीमा केन्द्रविन्दु रहेर आज बिहान गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पको महसुस नेपालको पूर्वदेखि मध्य क्षेत्रका साथै भुटान र बंगलादेशमा पनि गरिएको थियो।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:३३
प्रतिक्रिया दिनुहोस्