Mero Chitwan
प्याब्सन चितवनको अध्यक्षमा मदन पुरी

चितवन- निजी तथा आवासीय अर्गनाइजेशन नेपाल (प्याब्सन) चितवनमा बरिष्ठ उपाध्यक्ष बाहेक सबै पद सर्वसम्मत चयन भएको छ ।

भरतपुरमा भएको १६ औं अधिवेशनले मदन पुरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।  वरिष्ठ उपाध्यक्ष पदमा भानुभक्त अर्याल र टेकराज अधिकारीको उम्मेदवारी परेपछि निर्वाचन गरिएको हो ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद भट्ट र सारदा ढकाल, सचिवमा दयानिधी अर्याल, कोषाध्यक्षमा युवराज युवराज पौडेल, सह सचिवमा पशुपति उपाध्याय, सहकोषाध्यक्षमा जिवन महतो सर्वसम्मत चयन गरिएको हो । समितिका सदस्यहरुमा गोकुल प्रसाद भट्ट, वेदनिधि अर्याल, हिराप्रसाद रिमाल, विष्णु बहादुर बस्नेत क्षेत्री र कमल प्रसाद सापकोटा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update