Mero Chitwan
कालिकाको छैटौं नगर सभा : योजना संसोधनसहित १२ कार्यविधि पारित

चितवन- कालिका नगरपालिकाको दोस्रो कार्यकालको छैटौं नगरसभा योजना संसोधनसहित कार्यविधि पारित गर्दै सकिएको छ । नगरपालिकाका मेयर विनोद रेग्मीको अध्यक्षतमा सम्पन्न भएको नगर सभाले १२ कार्यविधि र ३ वटा ऐन पारित गरेको प्रमुख प्रशाशकिय अधिकृत देबराज चौलागाईंले जानकारी दिए ।

सभाले बाताबरण संरक्षण ऐन, फोहोरमैला व्यवस्थापन ऐन र पिपिपि ऐनसहित ३ ऐन पारित गरेको उनले बनाए । उनले विनियोजन ऐन २०८१ लाई संसोधन गर्दै योजन कार्यक्रम परिवर्तन गरेको बताउँदै सभाले राजश्वका नयाँ दर प्रस्ताव गरेको जानकारी दिए ।

नगर सभामा विभिन्न विषयगत समितिको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । सभामा न्याय तथा विधायन समितिको प्रतिवेदन,बन बाताबरण तथा बिपद व्यवस्थापन समितिको प्रतिवेदन, पूर्वाधार समितिको प्रतिवेदन, संस्थागत तथा सुशासन समितिको प्रतिवेदन, बजार अनुगमन समितिको प्रतिवेदन लगायतको प्रतिवेदन उपमेयर विमला तामाङ्ग र वडाध्यक्षहरुले प्रस्तुत गरेका थिए ।

नगर सभामा प्रस्तुत भएका प्रतिवेदन छलफल पछि पारित भएको उपमेयर तामाङ्गले जानकारी दिइन् । नगर सभामा मेयर विनोद रेग्मीले नगरको विकास र बेरुजु नहुने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् । प्राथमिकताका आधारमा हामीले केही योजनाहरुलाई संशोधन गरेका छौं उनले भने नगरबासीले अनुभूति गर्ने खालका योजनालाई महत्व दिएका छौं ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update