Mero Chitwan
चितवनको जयमंगलामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, ५ घाइते

चितवन-गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैंडाको आक्रमणबाट सोही नगरको वडा नम्बर १६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापाको मृत्यु भएको हो ।

दिउँसो पौने २ बजे गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नजिकैको जंगलबाट गैंडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।

गैंडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाईं, सोही स्थानकी ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पुजन विक, रत्ननगर–१४ की ६० वर्षीया मीना गुरूङ रहेका छन् ।

घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update