Mero Chitwan
ब्लड डोनर्स सोसाइटी रत्ननगर अध्यक्षमा रमेश नेपाल सर्वसम्मत

रत्ननगर : ब्लड डोनर्स सोसाइटी रत्ननगर नगर समिति गठन भएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा भएको भेलाले नगर समितिको अध्यक्षमा रमेश नेपाल सर्वसमत चयन भएका छन ।

नवगठित नगर समितिले रगत अभावलाई मध्यनजर गर्दै रक्तदान गर्न उत्प्रेरणा सृजना गर्ने खालका काम गर्ने रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको र थप स्तरवृद्धि गर्नतर्फ नगरपालिका लागेको बताउँदै उनले सबैलाई रक्तदानजस्ता कार्यमा लाग्नसमेत आग्रह गरे । त्यस्तै स्वस्थ र उमेर पुगेका व्यक्तिले हरेक ३/३ महिनाको फरकमा रक्तदान गर्नुपर्ने प्रमुख सापकोटाले बताए ।

समितिको संरक्षकमा नगर प्रमुख सापकोटालाई मनोनित गरिएको छ ।  ब्लड डोनर्स सोसाइटीले “अभियान तपाईं हामी सबैको साझा सङ्कल्प एक घर एक रक्तदाता” भन्ने मूल नाराका साथ रगत ब्यबस्थापन र प्रभाककारी बनाउँदै आएको नवनिर्वाचित अध्यक्ष नेपालले बताए । साथै “रक्तदाताको नगर-रत्ननगर” भन्ने मुल नाराका साथ नगरमा सदस्यता थप विस्तार गर्दै लैजाने नेपालले बताए ।

नगर समितिको उपाध्यक्षमा शिव रेग्मी , सचिवमा रामु पौडेल, सह सचिवमा एलिना ढकाल , कोषाध्यक्षमा मुक्तिनाथ सुवेदी र सह कोषाध्यक्षमा अनुपमा ढकाल चयन भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा गणेश नेपाल , रोशन पौडेल,कुमार लामिछाने , सुदिप अर्याल ,बिकास सिंखडा रहेका छन।

साथै उक्त नगर समितिको सल्लाहकारमा रत्नप्रिय क्लबका अध्यक्ष एव समाजसेवी बसन्त राना र बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा. मदन ज्ञवाली, नेपाल जेसिसका पूर्व कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुसाल चयन भएकोअध्यक्ष नेपालले बताए ।

 

 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update