हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाइँ

काठमाडौँ-साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा गरिएको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।
उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ २२:१६
प्रतिक्रिया दिनुहोस्