धापासीमा ३ तल्ले घरमा भिषण आगलागी

काठमाडौँ-काठमाडौंको टोखा नगरपालिका ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ ।
स्थानीय भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको बताइएको छ ।
साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउण्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष शान्ता पौडेलले बताइन् । आगलागी भएलगत्तै खबर गरेपछि प्रहरी परिचालन गरिएको थियो । काठमाडौँ, भक्तपुर र ललितपुरको दमकल र नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ २१:४८
प्रतिक्रिया दिनुहोस्