Mero Chitwan
तेस्रो रत्नप्रिय कप महिला फुटबल : पद्मा स्पाेर्ट्स  क्लब फाईनलमा

रत्ननगर- रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत बिहीवार भएको खेलमा पद्मा स्पाेर्ट्स क्लब (ओखलढुङ्गा) विजयी हुँदै फाईनलमा प्रवेश गरेकाेछ । निजगढ फुटबल क्लब (बारा) लाई ३-० गोल अन्तरले पराजित गर्दै पद्मा विजयी भएको हो ।

शनिवारकाे फाईनल खेलमा पद्मा  आयाेजक रत्नप्रिय फुटबल क्लबसंग भिड्नेछ । पद्मा स्पाेर्ट्स क्लव (ओखलढुङ्गा) का तर्फबाट मेनुका आलेमगर म्यान अफ दी म्याच घोषित भईन् उनले नगद रू २ हजार रुपैँया प्राप्त गरिन् ।

उनलाई बागमती प्रदेश सिताेरिया कराते संघका काेषाध्यक्ष सुजन क्षेत्री, राजेशबहादुर तामाङ, बलराम खनाल, थकाली मान्द्राे एंड किचनका प्राेप्राईटर चन्द्र लामाले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update