Mero Chitwan
रवि लामिछाने थप ५ दिन हिरासतमा, अदालतमा मुद्दा पेस गर्ने तयारी

कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अनुसन्धानका क्रममा लामिछानेलाई यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्‍याएर बयान लिएको थियो । 

अनुसन्धान अन्तिम चरणमा रहेकाले अर्को पटकमा प्रतिवेदनसहित अदालतमा मुद्दा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update