Mero Chitwan
उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाट

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाटै चयन हुने भएको छ । महासंघ कार्यसमितिले गत असार २४ मा तयार पारेको संशोधित विधान आज बसेको विशेष साधारणसभाले सर्वसम्मतले पारित गरेपछि उक्त व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।

साधारणसभाबाट पारित विधान मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि लागू हुनेछ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

विशेष साधारणसभाले कार्यसमितिको कार्यकाल दुई वर्षको हुने, एक महिला उपाध्यक्ष रहने, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्ने, जिल्ला/नगरतर्फ दुई जना उपाध्यक्ष रहनेलगायत व्यवस्था पनि गरेको छ । साधारणसभाले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेर उनको कार्यकाल सकिएपछि अध्यक्ष चयन प्रत्यक्षबाट गर्ने निर्णय गरेको हो । वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षे कार्यकाल लागू हुनेछ र त्यसपछिको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै चयन हुनेछन् । 

यसअघि पनि प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको प्रस्ताव भए पनि सदस्यबीच विवादका कारण पारित हुन सकेको थिएन । यस पटक भने विशेष साधारणसभाबाट पनि सर्वसम्मतले महासंघको विधान पारित भएको अध्यक्ष चन्द्र ढकालले बताए । छ ।’

नयाँ व्यवस्थाअनुसार हालको कार्यसमितिको तीनवर्षे कार्यकाल सकिएपछि वर्षमान वरिष्ठ उपाध्यक्ष र श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । त्यस कार्यसमितिको वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । यसअघि वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था थियो । महासंघ कार्यकारिणी समितिले दुई जना वरिष्ठ उपाध्यक्ष रहने प्रस्ताव गरेको थियो । साधारणसभाले एक जना वरिष्ठ रहने हालकै व्यवस्था पारित गरेको छ । संशोधित विधानमा एक जना महिला उपाध्यक्ष रहने व्यवस्था छ । तर, महिला उपाध्यक्षका लागि कार्यकारिणी समितिमा १२ जना महिना सदस्य हुनुपर्नेछ ।

 महासंघको अध्यक्ष सुरुदेखि नै प्रत्यक्ष निर्वाचनबाट चुनिँदै आए पनि विशेष साधारणसभामार्फत २०७३ सालमा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षको निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था सुरु गरिएको हो । यो व्यवस्थाअनुसार हालसम्म पूर्वअध्यक्षद्वय भवानी राणा र शेखर गोल्छा अध्यक्ष भइसकेका छन् भने ढकाल बहालवाला छन् । हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि यही व्यवस्थाअनुसार अध्यक्ष बन्नेछन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update