Mero Chitwan
दमकको १८ तले भवन संघीय सरकारले नै चलाउने

झापा-दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ । 

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । 

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको  शिलान्यास गरेका थिए । 

यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको आइतबार नै उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update