चीनबाट फर्केपछि ओलीले भने-अबको १८ महिना मै सरकार चलाउँछु, त्यसपछि देउवाको पालो
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका छन् ।
चीनको चार दिने भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताएका हुन् ।
कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो । ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,' ओलीले भने, 'हाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति) छ ।'
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको पनि जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १७:०३
प्रतिक्रिया दिनुहोस्