कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
काठमाडौँ — कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन् ।
डंगोलका निकटतम् प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए ।
यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो ।
आइतबार भएको उपनिर्वाचनमा कीर्तिपुर-१ र कीर्तिपुर-४ मा कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ २३:३३
प्रतिक्रिया दिनुहोस्