Mero Chitwan
बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई प्राधिकरणको पत्र

काठमाडौँ -नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनवापतको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरेका हुन्।

घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् । आयोगले उद्योगको लाइन काट्नबाहेक अन्य दबाबमूलक कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

यस्तै ती उद्योगको शेयर हक हस्तान्तरण गर्न पनि प्राधिकरणले कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्राचार गरेको छ । 

nea-1732725935.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update