११ महिनापछि धितोपत्र बोर्डले पायो नेतृत्व
काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । राजनीतिक तथा व्यापारिक घरानाको द्वन्द्वका कारण ११ महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।
बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि मंसिर १३ गते चीन जाँदैछिन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ २२:१३
प्रतिक्रिया दिनुहोस्