Mero Chitwan
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौँ- मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा गरिएको छ ।

 जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।उनलाई  श्रीमतीको जिम्मामा पठाइएको छ ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले  विभिन्न ९ आधारमा अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेपछि रिहा गरिएको हो। 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update