Mero Chitwan
रबि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

चितवन-सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

चितवन जिल्ला अदालतले रवि र छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

रविसहित १० जना विरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका बचतकर्ताले दुइदिन अघि चितवन प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधार चितवन प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update