Mero Chitwan
साइबर अपराधको अभियोमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएको आरोप छ । 

सोमबार कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक भएको थियो ।

सीआईबीका अनुसार प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update