
काठमाडौं–अमेरिकी अखबार न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वप्रसिद्ध ५२ स्थानको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ ।
हालै प्रकाशित उक्त सूचीमा मुस्ताङलाई ३७ औं नम्बरमा राखिएको छ ।सूचीको पहिलो नम्बरमा उत्तर अमेरिकाको दि पाथ अफ टोटालिटी छ भने दोस्रो तथा तेस्रो नम्बरमा फ्रान्सको पेरिस र जापानको यामागुची छन्।
यस्तै, उक्त सूचीमा न्युजिल्याण्ड, हवाइको माउइ, एरिजोनाको बाज नवाजा, सिंगापुर, चिलीको ओ हिगिन्स, भारतको लद्दाख, द क्यारेबियनको डोमिनिका, बेलायतको म्यानचेस्टर, इडाहोको क्रेटर्स अफ दि मुन, मेरिल्याण्डको बाल्टिमोर र बोलिभियाको सालार डि उइनि समावेश छन् ।
ट्रिप एडभाइजरको सूचीबाट भने यसपटक नेपाल बाहिरिएको छ । उक्त सूचीमा टोकियो, सिओल, हालोङ बे भियतनाम, फिलिपिन्स, कोलम्बियाको बोगोटा, भियतनामकै सापा, थाइल्याण्डको पताया, कोस्टारिकाको अलाजुयला, कम्बोडियाको नोम्पेन्ह र मलेसियाको क्वालालम्पुर छन्।