पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
-1731846976.jpeg)
काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधन भएको छ ।
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो ढुंगानाको निधन भएको हो। ८३ वर्षीय ढुंगानाको कलेजो सम्बन्धी रोगको उपचार भइरहेको थियो ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो । बारको पूर्वमहासचिव समेत भइसक्नु भएका ढुंगानाले मानवअधिकार र लोकतन्त्रका पक्षमा सदैव वकालत गर्दै आउनु भएको थियो । उहाँले नेपालको शान्ति प्रक्रियामा समेत महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १८:२१
प्रतिक्रिया दिनुहोस्