खलङ्गा (दार्चुला)-दार्चुलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा अन्य छ जना गम्भीर घाइते भएका छन् ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेकोे छैन ।
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो ।
जिप दार्चुलाको मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको थियो । घाइतेहरुको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।