Mero Chitwan
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरिक्षक सुरज खड्काका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो । 

जिप दार्चुलाको मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको थियो । घाइतेहरुको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन बाँकी छ । 

जिपमा थप यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update