Mero Chitwan
चितवन राष्ट्रिय निकुञ्जमा बाघ बढे, सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो ।

सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघको अनुगमन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार ६२ जोडी ‘क्यामेरा’ दुई/दुई वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको थियो । सो क्षेत्रमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा तीन र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा आठ बाघ फेला परेका थिए । संरक्षणमा स्थानीय समुदायको सहभागिता र कार्यालयको अथक प्रयासपछि बाघको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको सूचना अधिकारी तिवारीले बताए । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update