अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ७२ बर्षीय रूनी खनाल र २२ बर्षीय तारा श्रेष्ठ छन् ।
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा खनालको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । ३७ जना घाइते भएकामा २ जनालाई उपचारका लागि बुटवल रेफर गरिएको छ ।
देउसीभैलो नाचिरहेका कलाकारलाई एक्कासी बसले किचेकाे थियोे । बस अनियन्त्रित भएर आएपछि हल्ला गरेर भागदाैड भएको स्थानीयले बताएका छन् ।