Mero Chitwan
भाइटीकाको अघिल्लो दिन अरिंगालले टोकेर दिदी-भाइको मृत्यु

बझाङ-बझाङमा अरिंगालले टोकेर दिदी-भाइको मृत्यु भएको छ। मृत्यु हुनेमा थलारा गाउँपालिका –२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन्। उनीहरू दिदी-भाइ हुन्।

अरिंगालको टोकाइकै कारण ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा घाइते भएका छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा भेटिएको अरिंगालले उनीहरूलाई टोकेको थियो।

उपचारको क्रममा बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update