भारतमा बस र कार ठक्कर खाँदा २ नेपालीको मृत्यु
काठमाडौँ : तिहार मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१ २२:०५
प्रतिक्रिया दिनुहोस्